प्रधानन्यायाधीशले न्यायाधीशहरूसँग भने- कुनैपनि हालतमा राजीनामा दिन्नँ

९ कात्तिक ७८, मंगलबार
Share this
746shares

९ कात्तिक, काठमाडौं।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने बताएका छन्। मंगलबार आफूलाई भेट्न पुगेका सर्वोच्चकै १५ जना न्यायाधीशहरूलाई उनले  आफूले कुनैपनि हालतमा राजीनामा नदिने जवाफ दिएका हुन्।

उनले भने, ‘विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ। विवादमा आएका सबैले दिने हो भने म तयार छु। होइन भने म राजीनामा दिन्नँ। सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय बच्दैन।’

Advertisement

प्रतिनिधि सभा विघटनको फैसला गर्ने अरु न्यायाधीशको बारेमा पनि प्रश्न उठेको राणाले स्मरण गरे। उनले भने, ‘म संवैधानिक प्रक्रियाबाट आएको हुँ। यत्तिकै राजीनामा दिने कुरा हुँदैन। संवैधानिक प्रक्रिया पुरा गरेर हटाउनुहोस । ’’

प्रधानन्यायाधीश जबराले आफूमाथि लागेका आरोपको आफूले यसअघि नै खण्डन गरिसकेको पनि स्पष्ट पारेका थिए । आज प्रधानन्यायाधीश जबरासँग १५ जना न्यायाधीशहरुले भेटेका थिए ।

Advertisement

प्रधानन्यायाधीशलाई भेटेर न्यायाधीशहरू फेरि सामूहिक छलफलमा बसेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top