परराष्ट्रमन्त्रीको युरोप भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ, साउन १७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले युरोपसँगको सम्बन्धले नेपालको विकास र समृद्धिका लागि ठूलो महत्व राख्ने बताएका छन् । पोर्चुगल, बेल्जियम र लक्जेम्बर्गको आफ्नो पछिल्लो भ्रमणबारे आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले युरोपबाट नेपालमा व्यापार, लगानी विस्तार र पर्यटन प्रवद्र्धनका विभिन्न सम्भावनाको खोजीका बारेमा गहन छलफल भएको बताए ।

नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील मुलुकको कोटीमा उकास्न वैदेशिक लगानीको आवश्यकताबारे समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तामा कुरा राखेको बताउँदै मन्त्री ज्ञावलीले युरोपमा रहेका नेपाली राजदूतलाई पनि आर्थिक कूटनीतिक प्रभावकारी भूमिका खेल्न निर्देशन दिइएको जानकारी दिए ।

गैरआवासीय नेपाली संघको भेलामा युरोपमा कमाएको साधन, स्रोत र प्रविधिलाई नेपालको विकास र समृद्धिमा लगाउन आग्रह गरेको बताउँदै उनले आफ्नो भ्रमणबाट नेपाल र युरोप बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
(रासस)

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top