काठमाडौं, साउन १७
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राख् नदिएको भन्दै संसद बहिस्कार गरेको हो ।
सुरुमा कांग्रेस सांसदहरुले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भनेका थिए । लगत्तै उनले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।
त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे । तर, ‘सभामुखले आजका लागि समय दिन सकिनँ’ भनेपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।