रञ्जित रेको पुस्तक जलाउनुपर्छ : पूर्व सहायक रथी

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, काठमाडाैँ ।

Advertisement

नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’पुस्तकमा नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा उनले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै नेपालीहरु अब बीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताए।

Advertisement

उनले नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै सरकारमा सहभागी र नेपालको मुलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कितावको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको बताए ।

सहायक रथी बस्नेतले भने, ‘नेपाललाई भूटान बनाउने कुरा लेखिएको छ, यो पुस्तक पठन योग्य छैन, सबै नेपालीहरुले जलाउनुपर्छ, जसले भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्छ भने यो भन्दा ठूलो अपमान नेपालका लागि अरु केही हुँदैन, यो सम्भव छैन, नेपाललाई भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्नु भारतको दिवा सपना हो, प्रचण्डको अध्यक्षतामा यो किताव लञ्च गरेर ताली बजाउनेहरु धिक्कार छ ।’

Advertisement

पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक एमसीसी पास हुन्छ भनेपनि यो सर्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरुलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने बताए । उनले देशमा न्याय मर्न नदिन अब फेरि मन र मुटुमा बीर गोर्खाली बन्नुपर्ने बेला भएको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top