×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खेलमा भविष्य देख्नेहरुको जमात बाक्लियोः प्रकाशमान सिंह

९ कार्तिक २०७८

९ कात्तिक, काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको बताएका छन् । मंगलवार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरु बढ्न थालेको बताएका हुन् ।

Advertisement
Advertisement

उनले कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति खुशी व्यक्त गरे। उनले आन्तरिक खेलले खेलाडीहरुको मनोबल बढाउने बताए । यो खेल टेबल टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी कमिटीले काम गर्ने विश्वास व्यक्त गर्दै नेता सिंहले खेलले नै मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने बताए ।

नेता सिंहले भने, आन्तरिक खेलले खेलाडीहरुलाई अवसर सिर्जना गर्छ, यस्ता टुर्नामेण्ट भए मात्र खेलाडीले आफ्नो प्रदर्शन गर्न पाउँछन्, यो टुर्नामेण्ट टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी काम हुनेछ, खेललाई बिस्तारै प्रोत्साहन गर्नेहरुको जमात बढेको छ, यो सिम्टन आइरहेको छ, यसलाई राम्रो मान्नुपर्छ, खेलले धेरै कुरामा सहयोग गरिरहेको हुन्छ तर हामी त्यसलाई नजरअन्दाज गर्दछौँ, खेलले मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउँछ, अर्को भनेको खेलले संकटको बेला तत्काल उचित निर्णय लिने कुरामा पनि सहयोग गर्दछ ।’

Advertisement

गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ आजबाट शुरु भएको छ । टुर्नामेण्ट कार्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरुले भाग लिन पाउनेछन् । विजेताले ७ लाख २५ हजार धनराशी बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top