अब हुने चुनाव मेरा लागि अन्तिम हुनेछ: प्रचण्ड

९ कात्तिक २०७८, मंगलबार
Share this
775shares

९ कात्तिक, काठमाडौं।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग बाेल्दै अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।

उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने बताए। उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’

Advertisement

प्रचण्डले बुटबलमा हुने भनिएको एमालेकाे १० औं महाधिवेशन चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top