डेढ वर्षपछि वीरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

९ कात्तिक ७८, बुधबार

काठमाडौं: कोभिड महामारीपछि वीर अस्पतालमा पूर्ण रूपमा बन्द रहेको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । डेढ वर्षदेखि बन्द रहेको प्रत्यारोपण सेवा मंगलबारदेखि सुरु गरिएको हो । सिरहाका ५० वर्षीय एक पुरुषको मिर्गौला प्रत्यारोपण गरेर अस्पतालले सेवा सुरु गरेको जनाएको छ ।

डायलाइसिस गराइरहेका ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । कोरोना महामारी सुरु भएपछि प्रभावित बनेको मिर्गौला प्रत्यारोपण सेवा भक्तुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र भइरहेको थियो ।

संक्रमणको जोखिम नियन्त्रण हुँदै गए पनि प्रत्यारोपण सेवा सञ्चालन हुँदै आएका त्रिवि शिक्षण अस्पताल र वीरमा यो सेवा बन्द थियो । सरकारी अस्पतालमा निःशुल्क डायलाइसिस र प्रत्यारोपण हुने भए पनि मिर्गौला फेल भएका बिरामी महिनौँ पालो कुर्न बाध्य थिए ।

अस्पतालले हरेक मंगलबार एकजनाको मिर्गौला प्रत्यारोपण गरिने जनाएको छ । वीरमा मिर्गौला प्रत्यारोपणका लागि धेरै भिड नरहेकाले साताको एक दिन मात्रै राखिएको अस्पतालले जनाएको छ । वीर अस्पतालमा हाल ७० जना बिरामीले नियमित डायलाइसिस गराइरहेका छन् । यस्तै अस्पतालले कोभिड, एचआइभी र हेपाटाइटिस बी संक्रमितलाई समेत डायलाइसिस सेवा दिँदै आएको छ ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top