गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान सम्झौता छिटै

९ कात्तिक ७८, बुधबार

काठमाडौं: भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई)सँग छिटै सम्झौता हुने भएको छ ।

प्राधिकरणको बोर्ड बैठकले क्यालिब्रेशन उडानका लागि सोमवार एएआईलाई पत्राचार गरेसँगै अबको १० दिनभित्रमा उडानका लागि सम्झौता हुने भएको हो ।

प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षत्रीले प्राधिकरणको बिहीवार बसेको बोर्ड बैठकले निर्णय गरेको र सोमवार नै सम्झौताका लागि पत्राचार गरिएको जानकारी दिए । ‘भारतलाई पत्र पठाइएको छ, बिहीवारको बैठकले निर्णय गरेको र सोमवार भारतको सम्बद्ध निकायलाई पठाइएको छ, कम्पनीले ८/१० दिनमा प्राधिकरणसँग सम्झौता गर्नेछ,’ उनले भने, ‘त्यसको १ महीनाभित्र नै क्यालिब्रेशन उडान गर्नेगरी गृहकार्य गरिएको छ ।’

क्यालिब्रेशन प्mलाइट (उडान) रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषय पत्ता लगाउन गरिन्छ । यस्तो उडान सफल भएपछि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प तयार हुनेछ । थाइ एरोसँग गरिएको क्यालिब्रेशन उडानको सहमति रद्द गर्दै प्राधिकरणले भारतको उक्त निकायसँग सम्झौता गर्दै छ ।

यसैगरी, उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाएर प्राधिकरणबाट बिदा हुने योजनामा रहेको बताए । हाल निर्माणको अन्तिम चरणमा पुगी सञ्चालन गर्न सकिने उक्त विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै केही अन्य विमानस्थलको स्तरोन्नति पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधारदेखि अर्को ठूलो आयोजना पोखरा विमानस्थलको रिठेपानीको डाँडा कटानसम्मको कार्यलाई ठोस रूप दिने उनको योजना रहेको छ।, याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top