चीनबाट आयाे १० लाख डोज खोप

१० कात्तिक, काठमाडौं ।

Advertisement

सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । उक्त खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेकाे हो ।

नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।

Advertisement

उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top