पूर्वाधार नहुँदा उत्पादित विद्युत् खेर, १५ सय मेगावाट खपत बढाउने तयारी

९ कात्तिक ७८, बुधबार

काठमाडौं : उत्पादित विद्युत् खपत नहुँदा दैनिकरुपमा चारदेखि पाँचसय मेगावाट विद्युत् खेर जाने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादनपछि विद्युत् खेर जान थालेको हो ।

प्राधिकरणलाई विद्युत् उत्पादनसँगै विद्युत् खपत वृद्धि गर्नुपर्ने चुनौती थपिएको भन्दै तत्काल १५ सय मेगावाट विद्युत् अान्तरिक खपत हुन नसकेको भन्दै तत्काल प्रसारण लाइन निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । विराटनगर, भैरहवा लगायतका क्षेत्रमा प्रशारण लाइन अभाव हुँदा खपत समस्या भएको उहाँको भनाइ छ । यसका लागि तत्काल ४०० केभिए क्षमताको ढल्केवर– इनरुवा र ४०० केभिए क्षमताकै ढल्केवर–हेटौडा र २२० केभिए क्षमताको हेडौडा–वर्दघाट प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो ।

यी प्रसारण लाइन निर्माणसँगै तत्काल १५ सय मेगावाट विद्युत् नेपालमै खपत हुने प्राधिकरणको दावी छ । प्रसारण लाइन निर्माणमा आन्तरिक समस्या बढी आउने भएकाले तीनै तहका सरकार, बन, निकुन्ज कार्यालय र स्थानीयले सहयोग गर्नुपर्ने प्राधिकरणले अनुरोध गरेका छन् । खपत बडाउन विद्युतीय बसको प्रयोग, इन्डक्सन चुल्होको प्रयोग, उद्योग तथा कलकारखानालाई सस्तोदरमा विद्युत् आपूर्ति गर्ने जस्ता योजना राखिए पनि प्रसारण लाइन अभावले समस्या हुदाँ खपत हुन नसकेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताउनुभयो । भौतिक संरचना अभावनै मुख्य भएकाले उत्पादित विद्युतमध्ये ५०० मेगावाट सम्म दैनिकरुपमा खेर जाँदै आएको उहाँले बताउनुभयो । प्राधिकरणले आन्तरिक खपतसँगै अन्तरदेशीय व्यपार तथा निर्यातका लागि समेत केन्द्रित भएको उहाँले बताउनुभयो । हाल रातको समयमा ९०० मेगावाट न्यूनतम र १६०० मेगावाट पिकआवर (६–१० बजे) मा माग हुने गरेको छ, त्यसैले ७०० मेगावाट विद्युतको व्यवस्थापन हुन नसकेको प्राधिकरणको तथ्याङ्क छ । जडित क्षमता १६०० मेगावाट र माग भने १३५० मेगावाट छ ।

प्रसारण लाइन निर्माण तथा व्यवस्थापनमा कानुनी जटिलता भएकाले राज्यले कानुनी व्यवस्थापन गरेर सहयोग गर्न समेत उहाँले माग गर्नुभयो । राज्य तहबाट सहयोग भए २४ घण्टा विद्युत खपत बढाउने कार्ययोजना तयारी गरेको उहाँको बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top