मुख्यमन्त्रीबाट राजीनामा दिंदै शाक्यले भनिन्- विकासका लागि मिलेर अगाडी बढ्न तयार छु

१० कात्तिक, काठमाडाैँ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएकी छन् । बागमती प्रदेश सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेकी हुन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै उनले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) मा भएको व्यवस्था अनुसार मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त गरेको बताइन्। उनले भनिन् – ‘सभामुख महोदय, मैले कुरा प्रष्ट राख्नुपर्छ । अब यो कार्यसूचीमा मैले हेरें । दोस्रो कार्यसूची पनि रैछ । दोस्रो कार्यसूचीमा हामी किन जानुप¥यो र ? किन भन्दाखेरी मैले अघि पनि भने नि हामी संस्कारयुक्त बनाऔँ । द्धन्दलाई कम गरौँ । हामी एक अर्कामा सहयोग गरौँ । एक अर्कामा भावना जोडौँ । एक अर्कालाई यो प्रदेश बनाउनका लागि मिलेरै काम गरौँ । आफ्ना आफ्ना ठाउँ होला, जिम्मेवारी होला । आफ्ना आफ्ना जवाफदेहीता होला । पदीय दायित्व होला त्यो आफ्नै ठाउँमा छ । तर आखिरमा नमिलिकन सुखै छैन । साच्ची नै यो प्रदेश बनाउनलाई नमिली सुखै छैन । त्यसो भएको हुनाले मैले आज यो बागमती प्रदेशमा सभामुख महोदय यतिकुरा राखिसकेपछि मैले नेपालको संविधान, त्यसको भावना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान हाम्रो त्यसको धारा १६९ को उपधारा १(क) मा भएको व्यवस्था अनुसार मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले सरकारको सिंगो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छु ।’

मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजिनामा दिनु नै राम्रो लागेकाले राजिनामा दिएको स्पष्ट पारिन् । नेकपा(एमाले) संसदीय दल, मन्त्रीहरु लगायत सबैको भावना अनुसार आफुले पदबाट मार्ग प्रशस्त गरेको उनले बताइन् । उनले भिनन् – ‘यही तरिकाबाट हामीले एक अर्कामा सहयोग गरौँ भन्ने भावनालाई नै आत्मासात राखेर त्यो भावनालाई नै व्यक्त गर्नेगरी र आगामी दिनमा सम्झिने, आगामी दिनमा मिलेरै अघि बढ्नको लागि यही तरिका राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यही बाटो ठिक हुन्छ भन्ने हामीलाई लाग्यो । नेकपा(एमाले)लाई लाग्यो । हाम्रो दलको बैठक भर्खरै बस्यौँ । सबैसँग हामी छलफल ग¥यौँ । सबैको बिचार पनि यही भावना व्यक्त भयो । मन्त्रीज्यूहरुसँग बस्यौँ । हामी सबैको भावना यही व्यक्त भयो । यसरी जाँदाखेरी सबभन्दा राम्रो हुन्छ भन्ने कुराहरु भएको हुनाले मैले यसरी मार्ग प्रशस्त गरेको छु । र सबै मान्यन्यूहरुलाई अहिलेसम्मको सम्पूर्ण यहाँहरुले सहयोग गर्नुभयो, जुन ढंगले यहाँहरुले जस्तोसुकै भावना जसरी व्यक्त गर्नुभएको भएपनि त्यो भावनै व्यक्त गर्नुभाको हो । त्यो विचारनै व्यक्त गर्नुभाको हो । यसलाई सम्मान गर्दै सभामुख महोदय म आफ्नो कुरा यही टुंग्याउन चाहान्छु ।’

उनले आगामी दिनमा एमाले प्रतिपक्षको रुपमा रहेपनि बागमती प्रदेशको विकासका लागि मिलेर अगाडी बढ्न तयार रहेको बताइन्। सत्तापक्ष र विपक्ष विचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उनले बागमतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राखिन्। उनले आफ्नो कार्यकालमा सबैको सहयोग पाएको भन्दै सहयोग गर्नुहुने सभामुख, उपसभामुख, दलका नेता, प्रदेश सभा सदस्यहरु, सुरक्षा निकाय, कर्मचारी, पत्रकार र संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गरिन् ।

बागमती प्रदेश सभाको अर्को बैठक सुचना जारी गरेर बोलाइने सभामुखले जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top