विद्युत खेर जान थालेपछि घट्यो महशुल, मंसिरदेखि लागू हुने

१० कात्तिक, काठमाडौं।

विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो ।

विपन्न वर्ग मानिएको ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्दा इनर्जी शुल्क लाग्ने छैन र न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्र तिरे पुग्छ । सिंगल फेजबाट विद्युत उपभोग गर्ने १५१ देखि २५० युनिटसम्म खपत गर्नेलाई इनर्जी शुल्क प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यसअघि प्रति युनिट १० रुपैयाँ थियो । ४ सय युनिटभन्दा माथि विद्युत खपत गर्नेलाई इनर्जी शुल्क ११ रुपैयाँ कायम गरिएको जनाइएको छ । यसअघि १२ रुपैयाँ प्रतियुनिट थियो ।

वर्षायाम र हिउँदमा थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क फरक फरक तोकिएको छ । वर्षायाममा मासिक ४ सय युनिटसम्म विद्युत प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा १ रुपैयाँ प्रतियुनिट घटाइएको छ । हिउँदमा भने उत्ति नै महशुल लाग्नेछ । चार सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकका लागि भने हाल कायम रहेको १२ रुपैयाँ प्रति युनटिबाट १ रुपैयाँ ५० पैसा घटाइएको छ । हिउँदमा ५० पैसा घटाइएको छ ।

ट्युवबेल संचालन गर्ने उपभोक्ता तथा सिंचाई उपभोक्ताका लागि भने ४० प्रतिशत महशुल घटाइएको छ । राति ११ देखि विहान ५ बजेसम्मको इनर्जी शुल्क पनि आयोगले घटाएको छ ।

देशमा विद्युतको आपूर्ति बढ्न गई खेर जान थालेपछि विद्युतको मूल्य घटाएर प्रयोगका लागि प्रोत्साहित गरिएकाे हाे ।नेपालमा पछिल्लो समय विद्युत खेर जान थालेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top