विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

Advertisement

डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ।

मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई डिजेलमा रूपान्तरण गर्ने काम अघि बढाएको हो।

Advertisement

मट्टीतेल ट्यांकलाई डिजेलमा कन्भर्जिङ गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल आयल निगम प्रदेश १ का प्रादेशिक प्रमुख अशोक शाहले बताए। ‘मट्टीतेलको खपत घटेपछि दुईवटा ट्यांक प्रयोगविहीन थिए,’ शाहले भने, ‘तिनै ट्यांकलाई डिजेलमा परिणत गरेका छौं।’ कात्तिकको तेस्रो सातासम्म कन्भर्जिङ गर्ने काम सम्पन्न हुने प्रमुख शाहले बताए।

डिजेलको पर्याप्त भण्डारण नहुँदा इन्डियन आयल कर्पोरेसनबाट ल्याएको डिजेल सिधै पम्पमा डाइभर्ट गर्नुपर्ने अवस्था थियो।

Advertisement

मट्टीतेलका तीनवटा ट्यांकमध्ये दुईवटालाई डिजेलमा रूपान्तरण गरेपछि अब सात सय १० किलोलिटर क्षमताको एउटा मात्र मट्टीतेल ट्यांक विराटनगर डिपोमा रहने छ। करिब दुई करोड ६० लाख रूपैयाँ खर्चेर डिजेल भण्डारण ट्यांक बनाउन लागिएको हो।

निगमको विराटनगर डिपोबाट पेट्रोल दैनिक करिब चार सयदेखि पाँच सय किलोलिटर र डिजेल करिब एक हजारदेखि १५ सय किलोलिटर बिक्री हुने गरेको छ। विराटनगरबाट प्रदेश १ का सुनसरी, सिरहा, सप्तरी, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, अखेलढुंगा, सोलुखुम्बुलगायत जिल्लामा इन्धन आपूर्ति हुने गरेको छ। विराटनगरमा अहिले आठ हजार नौ सय १० किलोलिटर क्षमताको डिजेल भण्डारण क्षमता रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top