११ कार्तिक, नयाँ दिल्ली ।

भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ ।

उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बिकिसत गरेको थियो ।

अन्तरमहादेशीय व्यालेष्टिक मिसाईल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ ।

जुनमा भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।

Scroll to Top