दुवै प्रहरी संगठनमा गृहमन्त्रीको हस्तक्षेप, चलखेल गर्ने अधिकृत बढे

१० कात्तिक ७८, बिहीबार

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस निकटका दुई सुरक्षा निकायका अधिकृतहरुलाई आफूखुसी विभिन्न ठाउँमा काज सरुवा गरेपछि अहिले संगठनभित्र तीव्र असन्तुष्टि पैदा भएको छ ।

Advertisement

आफ्ना निकट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको काज सरुवा गराउन गृह सचिवमार्फत दुवै संगठनका प्रमुखलाई दबाब दिएपछि अवधि नै नपुगेका अधिकृतहरुको सरुवा गरेर आफ्ना निकटका मानिसलाई पठाउन शुरु गरेपछि संगठनमा इमानदारिताका साथ काम गर्ने अधिकृतहरुको मनोबल गिर्न थालेको छ ।

गृहमन्त्री खाँणले काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई सरुवा गरी गृहमन्त्री निकट एसएसपी सुदीप गिरीलाई ल्याउन खोजेपछि विवाद सतहमा आएको छ ।

Advertisement

श्रीमती मञ्जु खाँणमार्फत सोसफोर्स लगाउन अहिले दुवै सुरक्षा निकायमा कार्यरत अधिकृतहरु लागिपरेपछि संगठनको काम कारबाहीसमेत प्रभावित भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नियमित रूपमा हुनुपर्ने सरुवा रोकिएको छ ।

साउन महिनाभित्र हुनुपर्ने सरुवा गृहमन्त्रीका कारण कात्तिकको दोस्रो हप्ता शुरु हुँदा समेत हुन सकेको छैन । एकवर्षे अवधि पुगेर सरुवा कुरेर बसेका अधिकृतहरुले नयाँ बजेट सञ्चालन गर्न पाएका छैनन भने गृहमन्त्रीले नेपाल प्रहरीका प्रहरी निरीक्षकदेखि एसएसपी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकसम्म गृहमन्त्रीको ठाडो निर्देशनमा काज सरुवा निकालिएको छ ।

Advertisement

दुवै संगठनका प्रमुखलाई समेत बेवास्ता गर्दै अधिकृतहरुको चलखेलका कारण दुवै महानिरीक्षक हैरानीमा परेको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ती अधिकारी भन्छन्– ‘खुमबहादुर खड्काका नातेदार नेपाल प्रहरीका डीएसपी विश्व खड्कालाई प्रहरी वृत्त दरबारमार्गमा काज सरुवा गरिएको छ ।’

बालाजु र इलाका प्रहरी कार्यालय बुटवलमा समेत गृहमन्त्रीले आफ्ना निकट दुई डीएसपीको काज सरुवा गराएको आरोप लागेको छ । त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि केही अधिकृत शक्ति केन्द्रको पावर लगाएर आफूले रोजेको क्षेत्रमा काज सरुवा निकाल्न सफल भएका छन् ।

सशस्त्र प्रहरी निरीक्षक कृष्ण अर्याल गृहमन्त्रीको ठाडो आदेशमा नवलपरासीको बोर्डर आउटपोस्ट डन्डामा काज सरुवा गराउन सफल भएका छन् ।,याे समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top