×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विवेकशील साझाद्वारा रविन्द्र मिश्रको चर्चित दस्तावेज पारित

११ कार्तिक २०७८

११ कात्तिक, काठमाडौं ।

विवेकशील-साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको बहुचर्चित राजनीतिक दस्तावेजलाई पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई बहुमतले पारित गरेको हो ।

Advertisement
Advertisement

मिश्रले केही समयअघि उक्त ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ राजनीतिक दस्तावेज सार्वजनिक गरेका थिए । दस्तावेजमा संयोजक मिलन पाण्डे असन्तुष्ट भएपछि विवाद बढेको थियो ।

विवाद लम्बिँदै गएपछि मिश्रले एकलरुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गराएका हुन् । पार्टीका दुईतिहाइ केन्द्रीय सदस्य मिश्रको पक्षमा छन् ।

पार्टीका १२४ सदस्यमध्ये आज बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट दस्तावेज अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विधान पनि संशोधन गरेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top