मंसिर ३ गतेदेखि होटल ह्यातमा हस्तकला व्यापार मेला हुने

मंसिर ३ गतेदेखि होटल ह्यातमा हस्तकला व्यापार मेला हुने

११ कात्तिक, काठमाडाैँ ।

नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला गर्ने भएको छ ।  हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो ।

मेला बारे बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मेलामा हस्तकला लगायत विभिन्न बस्तुहरुको करिब १२० वटा स्टल राखिने भएको छ । मेलामा कला प्रतियोगिता अन्र्तगत नेचुरल फाइबर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुई वटा विधानमा प्रतियोगिता गरिने र ७० वर्ष नाघेका जेष्ठ कलाकार र हस्तकलाका वस्तुहरु विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरुलाई सम्मान गरिने जनाइएको छ । त्यसैगरी मेलाको आर्कषणहरुमा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको प्रदर्शनी, अमुर्त सांस्कृतिक सम्पदाको उजागर, क्राफ्ट कम्पिटिशन लगायत रहेको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनीका संयोजक रविन्द्र शाक्यले बताए ।

मेलाको उद्देश्य नेपाली हस्तकलाको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नु, निर्यात व्यापार प्रवद्र्धन गर्नु, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबिचमा सम्बन्धको विकास गर्नु तथा विदेशी हस्तकला आयातकर्ता तथा उपभोक्तालाई नेपालमा एक निश्चित समयमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला हुन्छ भन्ने शन्देश प्रवाह गर्नु रहेको नेपाल हस्तकला महासंघले जनाएको छ । मेलाले नयाँ उद्यमी, व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नुको साथै हस्तकला र नेपाली संस्कृतिबिचको सम्बन्धलाई उजागर गर्न मद्धत गर्ने विश्वास लिइएको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनीका संयोजक शाक्यले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.