कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म

११ कात्तिक ७८, शुक्रबार

११ कात्तिक, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले विहीबार १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गरेको हो ।

कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुने केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

Advertisement

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top