एमालेको महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने

११ कात्तिक ७८, शुक्रबार

११ कात्तिक, काठमाडौं ।

Advertisement

नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हाल एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् ।

Advertisement

उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने बताए । त्यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले जानकारी दिए।

स्थायी कमिटीको निर्णय अनुमोदनका लागि शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top