धान फुल्यो मात्रै दाना लागेन

१२ कात्तिक ७८, शुक्रबार
Share this
806shares

काठमाडौं: भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ६३ वर्षीय सुमन तामाङको १० जनाको परिवार छ । किसान तामाङसँग चार रोपनी चार आनाको खेत छ । सो खेतबाट उत्पादन भएको धानले उनले १० जनाको परिवार पाल्दै आएका थिए ।

Advertisement

यो वर्ष बढी धान उत्पादन गर्ने लोभमा उनले स्थानीय जातको बीउ छाडेर डी वाई २८ हाइब्रिड धानको बीउ लगाएका थिए । प्रतिकिलो ७ सय ७५ रुपैयाँमा धानको बीउ खरिद गरी खेतमा रोपेका थिए ।

तर, यो वर्ष भने १० जना परिवार पाल्ने खेतमा एक दाना पनि धान उत्पादन नभएपछि अहिले उनी तनावमा छन् । वर्षभरि परिवार पाल्ने खेतमा धान नफलेपछि उनलाई अब परिवार केले पाल्ने चिन्ताले सताएको छ ।

Advertisement

‘डी वाई २८ हाइब्रिड धानको बीउ लगाउँदा उत्पादन धेरै हुने आशाले बजारबाट प्रतिकिलो ७ सय ७५ रुपैयाँमा खरिद गरी खेतमा धान रोपेको थिएँ तर के गर्नु धानमा एउटा दाना पनि लागेन, घाम पानी नभनेर रोपेको खेतमा दाना नआएपछि अब के गरी बाँच्ने भन्ने पिरले सताएको छ, खेतमा दाना नलागेर पूmल मात्र पूmलेको छ,’ किसान तामाङले भने ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ६० देखि ७० घरपरिवार किसानले रोपेको २ सय बढी रोपनी खेतमा लगाएको धानमा दाना नै नलागेपछि परिवार केले पाल्ने चिन्तामा किसान डुबेका हुन् ।

Advertisement

चाँगुनारायण नगरपालिका–६ का किसानले रोपेको धानमा दाना नलागेपछि किसानलाई खेतलाई हेरेर बस्नुबाहेक केही विकल्प छैन ।, याे समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top