अत्यधिक दोहनले जमिन भासिँदै

११ कात्तिक ७८, शुक्रबार

काठमाडौं: माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा सोमबार ठूलो खाल्डो प–यो ।

अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भनिएको सो सडकमा एउटा पूूरा लेन नै ढाक्ने गरी पाँच मिटर लम्बाइ, त्यत्ति नै मिटर चौडाइ र करिब पाँच फिट गहिरो खाल्डो परेको देखियो ।

त्यसैगरी एक वर्षअघि २०७७ असारमा मध्यबानेश्वरको मुख्य सडककै बीचमा गाडी नै छिर्न सक्ने ठूलो खाल्डो परेको थियो । राजधानीमा सडक भासिने यो दुईवटा घटना उदाहरण मात्र हुन् । राजधानीमा स–साना रूपमा सडक भासिने, सडकमै खाल्डो पर्ने घटना प्रायः दैनिक नै हुने गरेको पाइन्छ ।

आखिर किन भासिन्छन् राजधानीका सडकहरू? किन सडकमा पर्ने गर्छन् खाल्डो भन्ने जिज्ञासामा गुणस्तरहीन सडक र खानेपानी पाइप तथा ढल निर्माणको काम हुनु तथा दिनहुँ भइरहेको जमिनमुनिको पानीको दोहन, सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको सम्बन्धित विज्ञहरूको धारणा छ ।

दैनिक करोडौँ लिटर पानी जमिनमुनिबाट निकालिन्छ तर त्यसको सट्टामा ‘रिचार्ज’ नहुनुले हाम्रो जमिनमुनिको माटो भाग नै भासिँदै गएको उनीहरूको धारणा छ । नेपाल सरकारका पूर्वसहसचिव तथा वरिष्ठ इन्जिनियर राजेन्द्र शर्माले सडक तथा ढलको गुणस्तरहीन निर्माण तथा निर्माणको क्रममा हुने गरेको हेलचेक्र्याइँ नै सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको बताए।

उनले भने, “सडकमुनि ढल बनाउँदा पाइप÷पाइपबीच र पाइप र भड्खालोबीच हुने जोर्नी राम्रोसँग ‘सिल’ नहुँदा पानी चुहिने गरिन्छ । यसरी चुहिने पानीले तलको माटो, बालुवालाई बगाउँदा त्यहाँ खाली ठाउँ हुन्छ र माथिबाट सवारीसाधन गुड्दा सडक भासिने र भड्गालो पर्ने गर्दछन् ।” राजधानीको धेरैजसो सडक भासिने र भड्खालो पर्न सक्ने उनको बुझाइ छ ।

प्राविधिक ज्ञान नभएका कामदारको भरमा निर्माण कार्य हुनु, निर्माण कार्यको अनुगमन नहुनुजस्ता हेलचेक्र्याइँले गुणस्तरहीन निर्माण हुँदा यस प्रकारको समस्या आउने गरेको उनको धारणा छ ।, याे समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top