×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाँणलाई

१२ कार्तिक २०७८

१२ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन्। प्रधानमन्त्री देउवा आज बेलायत प्रस्थान गर्ने भएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई दिएका हुन्।

Advertisement
Advertisement

देउवा नेतृत्वको मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नभएपछि उनले खाँणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्। स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ। जलवायु परिवर्तन सम्बन्धी उक्त समिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहने बताइएको छ। प्रधानमन्त्री सचिवालयबाट प्रतिनिधिमण्डलमा कोही नपर्ने बताइएको छ।

प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयमा घोषित रुपमा कसैलाई नियुक्त नगरेकाले उक्त भ्रमणमा नसमेटिएको बताइएको छ।

प्रधानमन्त्रीको विदेश भ्रमणमा क्रममा परराष्ट्र सल्लाहकार पनि सँगै जाने परम्परा थियो। देउवाले परराष्ट्र सल्लाहकारमा कसैलाई नियुक्ति हालसम्म गरेका छैनन्।

जलवायु परिवर्तन सम्बन्धी समिटलाई ध्यानमा राखेर तत्काल परराष्ट्र सल्लाहकार नियुक्त गर्ने सम्भावना नरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। शुक्रबार बिहान देउवा त्यसतर्फ उड्ने भएकाले परराष्ट्र सल्लाहकारको नियुक्तिको लागि देउवाले हतार नगर्ने भएका छन्।

देउवाको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव संलग्न हुने भएका छन्। उक्त टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कँडेल परेका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधव कार्की पनि प्रधानमन्त्रीको टोलीमा सहभागी हुने भएका छन्। वन मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी विभागका प्रमुख पनि टोलीमा पर्ने बताइएको छ।

परराष्ट्रका प्रोटोकल चिफ र प्रोटोकल शाखाकै अर्का एक गरी दुई जना उक्त प्रतिनिधिमण्डलमा पर्ने भएका छन्। प्रधानमन्त्रीको सुरक्षामा खटिन ६ जना सुरक्षाकर्मी उनीसँगै जाने भएका छन्।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले १८ देखि २० जनाको प्रतिनिधिमण्डल हुने जानकारी दिइन्। प्रधानमन्त्रीसहित बेलायत जाने टोलीको अन्तिम सूची शुक्रबार प्रकाशित गरिने उनले जानकारी गराइन्।

शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ। जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने भएका छन्। जलवायु परिवर्तन सम्बन्धी समिटमा देउवाले दुई दिन भाग लिने भएका छन्। नोभेम्बर १ र २ तारिखमा देउवा ग्लास्गोमा रहने भएका छन्।

कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले बेलायतमा उनको स्वागतमा कार्यक्रम गर्ने भएको छ। कांग्रेस कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग प्रधानमन्त्रीले अन्तरक्रिया गर्ने भएका छन्। प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा नेपाल फर्कने कार्यतालिका बनेको छ।

अक्टोबर ३१ (आगामी आइतबार, कात्तिक १४) देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तन सम्बन्धी समिट हुने भएको छ। युएन एफसीसीसीका सदस्य रहेका देशहरुको उक्त सम्मेलनमा सहभागिता रहनेछ। यसअघि २०१९ मा जलवायु परिवर्तन सम्बन्धी समिट भएको थियो। यसपटक बेलायत र इटाली आयोजक बनेर सम्मेलन आयोजना गरेका छन्।

Advertisement

उक्त सम्मेलनलाई ‘कोप २६ समिट’ नाम दिइएको छ। उक्त सम्मेलनमा शक्तिशाली राष्ट्रका नेताहरु पनि सहभागी हुनेछन्।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top