प्रतिगमनकारीलाई बढार्न मन छ, चितवन छोड्दिन – प्रचण्ड

११ कात्तिक ७८, शुक्रबार

१२ कार्तिक, चितवन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले चितवन राजनीतिक कुरुक्षेत्र बन्न लागेको बताए ।

एमालेले चितवनमा १०औँ महाधिवेशन गर्न लागेपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।

ओली मानसिक रूपले हारिसकेको भन्दै उनले आफूलाई नै ताकेर चितवनमा महाधिवेशन गर्न लागेको बताए । यद्यपि एमालेले चितवनमा महाधिवेशन गर्दा आफूलाई फाइदा नै भएको उनले बताए ।

‘देशभरिको ध्यान चितवनमै छ । देशबाहिरका मान्छेको ध्यान पनि विस्तारै चितवनमै केन्द्रित हुँदै छ’, उनले भने, ‘चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुुँदै छ ।’ अबको संघर्ष दुईवटा वर्ग र विचारबीचमा लडाइँ भएको उनले बताए ।

ओली प्रवृत्तिमा हिजोका राजामहाराजा र तिनका आसेपासेदेखि लिएर संघीय गणतन्त्रलाई मन नपराएका विदेशी प्रतिक्रियावादी रहेको उनले आरोप लगाए । त्यस्तो प्रवृत्तिविरुद्ध नेपाली जनता र त्यसको नेतृत्व गर्ने माओवादी केन्द्र लड्न लागेको उनले बताए ।

‘यतिबेला यसरी नेपाली राजनीति दुई कित्तामा विभाजित छ । दुई कित्ताबीचको लडाइँको केन्द्रबिन्दु चितवन हुने खतरा भनुँ वा गौरव प्राप्त हुँदै छ’, उनले भने, ‘जनताले जित्ने हो कि वैरीले जित्ने हो भन्नेको फैसला चितवनको लडाइँमा देखिनेवाला छ ।’

माओवादी केन्द्र र आफूविरुद्ध लड्नकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको उनले दाबी गरे । राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति ल्याएर नभएपछि एमालेले महाधिवेशन नै यहीँ गर्न लागेको उनले बताए ।

कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्लामा जान लागेको भन्ने थाहा पाएको भन्दै उनले आफू डराउने खालको मान्छे नभएको बताए । चितवन छाडेर कतै नजाने भन्दै उनले अबको चुनावमा सबै प्रतिगमनकारीलाई बढार्न मन लागेको उल्लेख गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top