Nepal Times
Nepal Times
3
Shares

नेपाल सन् २०२२ मा घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा

नेपाल सन् २०२२ मा घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा

१२ कात्तिक, काठमाडौं ।

सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले नेपाललाई उत्कृष्ट गन्तव्यहरुको सूचीमाआठौं नम्बरमा राखेको छ ।

सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा छन् ।

कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद मानेका छन् । उत्कृष्ट भ्रमण गन्तब्यमा परेसँगै पर्यटन उद्योगसँगै समग्र मुलुकमै सकारात्मक प्रभाव पर्ने कोरा टुर्सका सिइओ विजय अमात्यले बताए। लोन्ली प्लानेटमार्फत सीमित खर्च गर्ने पर्यटकको आवगमन वृद्धि हुने उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.