×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

प्रकृतिप्रेमी पर्यटकको पोखरामा जमघट बढ्यो

१२ कार्तिक २०७८

१२ कात्तिक, काठमाडाैँ ।

कोरोनाको संक्रमण क्रमश नियन्त्रणमा देखिएपछि नेपालको पर्यटकीय क्षेत्र चलायमान बन्दै गएको छ । खास गरी नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा वाह्य नभएपनि आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको छ ।

Advertisement
Advertisement

अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन् । खास गरी युवापुस्तमका पर्यटकहरुको भीड यतिबेला पोखरामा बढेको छ । सधै विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा कोरोना संक्रमण कम भएसँगै लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेपछि स्थानीय पर्यटन व्यवसायी पनि खुशी भएका छन् । लामो समय पर्यटकको पखाईमा रहेका व्यवसायीहरु आन्तरिक पर्यटककै भएपनि चहलपहल बढेपछि उत्साहित बनेका छन् ।

पर्यटकको चहलपहल बढेपनि व्यवसायीले सोचे जस्तो आर्थिक चलायमान भने पोखरामा हुन सकेको छैन् । आन्तरिक पर्यटकको खर्च गर्ने स्रोतको सिमितता र सिमित समयको बसाईले त्याहाको आर्थिक चलायमानले गति लिन सकेको छैन् । आन्तरिक पर्यटकको उपस्थिति बाक्लिन थालेपनि आर्थिक गतिविधिलाई अझै चलायमान बनाउनका लागि विदेशी पर्यटकको गतिविधि नै बढ्नुपर्ने व्यवसायीहरुको भनाई छ । पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो देखिएको छ । पोखरा पुग्ने अधिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मार्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पदमार्गका लागि निस्किने गरेका छन् । मोटरेबल बाटोले प्रसिद्ध पदमार्गहरु विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गए पनि ती क्षेत्रमा आन्तरिक पर्यटको भिड बढेको हो । पोखराको सुन्दर दृश्य हेर्नका लागि आफुहरु टाढा टाढादेखि पोखरामा आएको पर्यटकहरु बताउँछन् ।

पोखरामा हाल निजी क्षेत्रको ५ अर्व रुपैयाँ बढीको पर्यटन क्षेत्रमा लगानी रहेको छ । करिव सात सय पर्यटकीय होटेल सञ्चालनमा छन् । कोरोनाका कारण सवै होटल भने खुलिसकेका छैनन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही समय लाग्ने भएपनि आन्तरिक पर्यटकको आगमनले भोलिको सुखद संभावना देखाएको छ भने यस क्षेत्रलाई तत्कालका लागि केही राहत मिलेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीका अनुशार पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको भए पनि अब बिस्तारै लयमा आउने छ । पोखरामा आन्तरिक पर्यटक आउँदा यसले पर्यटन क्षेत्रलाई राहत दिएको उनको भनाई छ । हालै पोखरामा भएको ११ देशका कूटनीतिज्ञको भ्रमणले समेत पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको उनको बुझाई छ ।

Advertisement

पर्यटन बोर्डले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बढीभन्दा बढी आन्तरिक पर्यटकहरुलाई भित्राउने कार्यक्रमहरु संचालन गर्दै आएको उनले बताएका छन् । पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुङ्गा शयर ,प्याराग्लाइडिङ लगायतका साहसिक खेलमा भीडभाड बढेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top