देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्छः अर्थमन्त्री

Share this
730shares

१२ कात्तिक, काठमाडाैँ ।

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्ने बताएका छन् ।  शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए । उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजश्व हुनुपर्छ, मैले यसो भनिरहँदा केहीले त्यसको बिरोध गरे, स्वदेशमा उद्योगधन्दाहरु खोल्नुहुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने खबरदार, देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योगधन्दाहरु हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ, नेपालमै भएका कच्चा पदार्थ र बाहिरबाट कच्चा पदार्थ ल्याएर भएपनि उद्योगधन्दाहरु स्वदेशमै खोलिनुपर्छ, त्यसको लागि सरकारले के सहयोग गर्नुपर्छ तयार छौँ ।’

Advertisement

अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताए । उाले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गर्ने बताए । उनले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताए ।

अर्थमन्त्री शर्माले भने, ‘४ दिनसम्म सञ्चालन हुने पुष्प मेलाले आफ्नो लक्ष्य हासिल गर्नेछ, फूल प्रेमीलाई सेवा प्रदान गर्नेछ, व्यवसायलाई अघि बढाउनेछ, फूल खेती बारेका जिज्ञासालाई मेटाउनेछ, भावि दिनमा यो क्षेत्रमा काम गर्नेहरुको संख्या वृद्धि गर्नेछ, नेपालमा पुष्पखेतीको आकर्षण बढीरहेको छ, कोभिडले सबै क्षेत्रमा असर गरेको छ, पुष्प व्यावसायले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्छ, देशको ठूलो समस्या समाधान हुन्छ, हामी जनताबाट उठेका पसिनाको राजस्वलाई जनताकै लागि खर्च गर्नेर्छौं ।’

Advertisement

अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यपारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए । उनले सरकारले काठमाडौं उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top