१२ कात्तिक, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताएका छन् ।
शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा एमाले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै उनले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए ।
अध्यक्ष ओलीले भने, ‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ र?’ आफ्ना असहमतिहरु बैठकमा नै राख्नुपर्ने उनकाे जाेड थियाे ।


