डि मारिया चम्कदा पीएसजीले लिललाई हरायाे

१२ कात्तिक ७८, शनिबार

१३ कात्तिक, एजेन्सी ।

अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा साविकको विजेता लिलमाथि पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा पीएसजीले २–१ को पूनरागमन जित निकालेको हो । पीएसजीको जितमा एन्जल डि मारिया र मार्किन्हसले गोल गरे । पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो ।

पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ३१औं मिनेटमा जोनाथान डाभिडको गोलमा पछि परेको थियो । उनले बुराक इल्माजको पासमा गोल गरेका थिए । ७४औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्किन्हसले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।

निर्धारित समयको खेल सकिन दुई मिनेटमा बाँकी रहँदा पहिलो गोलमा असिस्ट दिएका एन्जल डि मारियाले गोल गर्दै पीएसजीको जित पक्का गरे । डि मारियाले नेयमारको पासमा गोल गर्न सफल भए ।

जितपछि शीर्षस्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ ।

भर्खरको समाचार

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top