पेट्रोलियम पदार्थको मूल्य बृद्धिपछि सरकारमाथि खनिए प्रकाशमान सिंह

१३ कात्तिक, काठमाडाैँ ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको बेला जनतामा मारमा पार्नेगरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्याँस, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा जाने बेलामा मूल्य वृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्था समेत नबनाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । नेता सिंहले भने, ‘दशैं भर्खर सकियो, तिहार आउँदैछ । छठ पर्व छ । काम के त भन्दाखेरी अहिले ग्याँसको मूल्य बढायो । डिजेलको प्राईस हाई गरायो । यसले के भयो भन्दाखेरी अहिले जनता र परिस्थितिले अहिले जुन काँग्रेसको नेतृत्वमा सरकार भएको छ । यो सरकारले गरेका हरेक कामको आउने चुनावमा त हामीले जवाफ दिनुपर्ने हुन्छ नि त । के यो चाँही राम्रो भयो त ? जनतालाई राहत दिने ठाउँमा जनतालाई मुस्किल हुने कामहरु त गर्नु भएन नि । यो सरकारले आयल निगमदेखि सबै ठाउँमा मार्केटलाई कन्ट्रोल गर्नका लागि जुन मन्त्रालय छ, मेकानिज्म छ । ती सबै कुराहरुलाई त लागू गर्नु प¥यो नि त । आफूले गर्नुपर्ने काममा चाँही वास्ता नगर्ने अनि त्यसको समाधान के हो त ? जनतालाई मार पार्ने गरी जुन यो मूल्यवृद्धि गरेको छ । यो चाँही बिल्कूल डेमोक्र्याटिक पार्टीको लिडरसिपमा भएको सरकारले गर्न नमिल्ने काम गरेको छ । यसमा चाँही सरकारले आफ्नो ध्यान दिन जरुरी छ भन्ने मलाई लागेको छ ।’

निर्वाचनमा गल्ती नगर्न नेता कार्यकर्तालाई आग्रह

नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताए । उनले १४ औं महाधिवेशनमा पूरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता, कार्यकर्तालाई आग्रह समेत गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top