×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विप्लवका कार्यकर्ताको रिहाईको गृहकार्य सुरु भईसक्योः गृहमन्त्री खाँण

१३ कार्तिक २०७८

१२ कात्तिक, काठमाडाैँ ।

कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

Advertisement
Advertisement

गृहमन्त्री समेत रहेका उनले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे । कार्यबहाक प्रधानमन्त्री खाँणले सो पार्टीका एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्धा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी समेत दिए ।

उनले सो पार्टीको मुद्धा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए। सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाई थियो । उनले भने, ‘मुद्धा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्धा टुंगियोस्, फिर्ता लिन सकियोस् । र बन्दीहरु पनि प्रक्रियागत रुपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ । त्यसका लागि अहिले गृहकार्य भएको छ । र एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ ? र उहाँहरुको कानुनी अवस्था चाँही कस्तो छ ? र उहाँहरुलाई पनि हामीले भनेका छौं–कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ ? कहाँकहाँ हुनुहुन्छ ? त्यसको बारेमा अव स्पेसिफिक रुपमा छलफल गरौं । र बन्दीभन्दा पनि मुद्धा धेरै रहेछ । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ । यसले गर्दाखेरी बन्दी भन्दा मुद्धा धेरै रहेछ । त्यसलाई हामीले अव कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ हामी । सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएरै शान्ति स्थापना गर्न प्रतिवद्ध छ ।’

Advertisement

कार्यबहाक प्रधानमन्त्री खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको पनि बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top