जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु

१२ कात्तिक ७८, शनिबार

१३ कात्तिक, काठमाडाैँ ।

सरकारले जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार इजिप्टको कायरोमा रहेकाे नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयले प्रतिमहिना नेपाली कामदारले प्राप्त गर्ने तलब र अन्य सुविधाबापतको रकम अमेरिकी डलर तीन सय भन्दा घटी नहुने सुनिश्चितता भएको रोजगारदाता कम्पनीको ग्यारेन्टी पत्रसमेत अतिरिक्त कागजात भएमा मात्र मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको छ ।

बिहीबारको परराष्ट्र मन्त्रिस्तरीयबाट याे प्रक्रिया शुरु भएको हो । कायरोमा रहेकाे दूतावासबाट मागपत्र प्रमाणीकरणको निर्णय भएको जानकारी परराष्ट्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको छ । यसअघि श्रम स्वीकृति लिई जोर्डन गएका र हाल त्यहाँ कार्यरत नेपालीले प्रतिमहिना तलब तथा अन्य सुविधाबापत मासिक अमेरिकी डलर तीन सय भन्दा बढी नै प्राप्त गरिरहेका छन् ।

जोर्डनमा कार्यरत केही नेपाली श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको भन्दै कायरोमा रहेकाे दूतावासले मागपत्र प्रमाणीकरण गर्न छाडेको थियो । मागपत्र प्रमाणीकरण रोकिँदा श्रम मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन केन्द्रबाट तालीम लिएका नेपाली जोर्डन जान सकेका थिएनन् ।

श्रम मन्त्रालयले जोर्डनमा नेपाली श्रमिकको माग बढेको, श्रमिक भर्ना प्रक्रिया मर्यादित रहेको र जोर्डन नेपाली श्रमिकका लागि सुरक्षित गन्तव्यका रुपमा रहेकाले मागपत्र प्रमाणीकरण गर्ने निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top