फूल खेती गर्ने किसानको दुखेसोः श्रमको मुल्य पनि उठ्दैन

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, भक्तपुर ।

तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् ।

उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । विहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन् । उनले घरसँगैको करिब एक रोपनी बारीमा फूल रोपेको सुनाइन् ।

यस वर्ष करिब दुई हजार माला तयार हुने उनको भनाइ छ । ‘पहिलेको वर्षको तुलनामा यस वर्ष फूल कम रोपेका छौँ । फूल पनि राम्रो भएन,’ उनले भनिन् । उनीहरूले एउटा मालालाई २५ देखि ३० रुपैँयामा बेच्ने गरेका छन् ।

फूल खेतीमा धेरै मिहिनेत परे पनि श्रमको मूल्य नआउने कृषकहरूको गुनासो छ । सिन्धुली घर भई गुण्डु बस्दै आएका सुबास ब्लोले पनि फूललाई मिहिनेत धेरै गर्नु परे पनि उचित मूल्य नआउने बताए ।

बैशाखमा बेर्ना राखी फूल रोप्न तयार हुन्छ । ‘फूल रोपेदेखि नै दैनिक पानी हाल्नु पर्छ । समयसमयमा किटनाशक औषधि, बढ्ने औषधि हाल्नुपर्छ ।

साउनको पहिलोको हप्ताबाट फूल टिप्न तयार हुन्छ,’ उनले भने, ‘यो वर्ष तीन हजार माला तयार भएको छ । फूल किन्न दैनिक ठेकदार आउँछ । तर हाम्रो मिहिनेतको मूल्यनै आउँदैन ।’

चार जनाको परिवार रहेको उनको छोराछोरी स्कुलमा पढ्न जान्छन् । मालाबाट बार्षिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुने उनले सुनाए । सो रकम केटाकेटी पढाउन, खुवाउन खर्च हुने उनको भनाइ छ । उनले जग्गा भाडामा लिएर फूल खेती गरेका बताए ।

नगरपालिकाबाट फूल खेतीमा बिऊ अनुदान

सूर्यविनायक नगरपालिकाले व्यवसायिक फूलखेती गर्नको लागि फूलको बीऊ अनुदान दिँदै आएको छ । सूर्यविनायक नगरपालिकाका नगर उपप्रमुख जुना बस्नेतले नगरभित्रका स्थानीयलाई ८० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानीयको लागतमा फूलका बिऊ वितरण गरेको बताए ।

तर नगरपालिकाले दिएको फूलका बिऊले राम्रो उत्पादन नदिएको गुनासो कृषकको छ । गुण्डुका सीता थापाले नगरपालिकाले दिएको बिरुवा राम्रो नभएपछि अर्कै बिऊ रोपेको बताए ।

फार्म बनाएर रोप्नेको फूल राम्रो भए पनि बाहिर रोप्नेको राम्रो नभएको उनले सुनाइन् । भक्तपुरमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा व्यवसायिक रुपमा मखमली र सयपत्री फूल खेती हुँदै आएको छ ।

तिहारमा भक्तपुरमा वार्षिक चारदेखि पाँच करोडसम्मको फूल बिक्री हुने नगरपालिकाले जनाएको छ । तर स्थानीय तहले व्यवसायिक फूल खेती गर्नेलाई सहयोग नगरेको फूल व्यवसायीहरू बताउँछन् ।

ताथलीका राम बनमालाले अन्य सामग्रीको भाउ निर्धारण भए पनि फूल र मालाको भाउ निर्धारण गरि नदिएकोमा दुखेसो पोखे । फूलको मूल्य निर्धारण नभएसम्म कृषकहरू बिचौलियाको मारमा पर्ने उनले बताए ।

भक्तपुरमा उत्पादित फूल भक्तपुरभित्रैका बजार, काठमाडौं, ललितपुरलगायत स्थानमा बिक्री हुने उनीहरू बताउँछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top