×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ– भीम रावल

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौं ।

एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो ।

Advertisement
Advertisement

पार्टीका दुईजना वरिष्ठ नेताहरूसहित एउटा पंक्ति पार्टीबाट अलग भए पनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका साथै कार्यान्वयन गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारी भएको थियो । त्यसको कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधानमा भूमिका खेल्न कार्यदल गठन भएको थियो ।

कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे स्थायी कमिटीमा कुरा उठाएपछि आफू संयोजकमा रहने निर्णय पछि मात्र भएको भीम रावलले बताएका छन् ।

उनले १० कात्तिकमा कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । ‘एमालेको सिंगो पंक्ति मात्र होइन, वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।

रावलले आफूले स्थायी कमिटी बैठकमै मौखिक रूपमा राजीनामा दिएको बताउँदै पछि लिखित दिने उल्लेख गरेको भन्दै १० बुँदे लिखित राजीनामा पत्र एमाले अध्यक्ष केपी ओलीलाई बुझाएको जनाएका छन् ।

‘दस बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधान गर्न गठित कार्यदलमा भएका छलफल र निर्णयको कतिपय ठाउँमा कार्यान्वयन नभइरहेको बेला पार्टी अध्यक्षबाट नै उक्त प्रकारको निष्कर्ष आएपछि प्रयोजनहीन हुने कार्यदलमा बसिरहनुको कुनै तात्पर्य नहुने महसुस गरी मैले तत्काल स्थायी कमिटीको बैठकमै मौखिक रूपमा कार्यदलबाट राजीनामा दिएको घोषणा गर्दै राजीनामाको लिखत अविलम्ब पेस गर्ने जानकारी गराएको थिएँ,’ उनले भनका छन् ।

Advertisement

ओलीले भने माधवकुमार नेपाललगायतका नेताहरू एमालेमा रहन्छन् कि भनेर १० बुँदे सहमति गरिएको र त्यसको अब औचित्य सकिएको अभिव्यक्ति दिँदै हिँड्न थालेपछि तेस्रो धारका नेताहरू असन्तुष्ट बनेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top