×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौं ।

सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज हुनुपर्ने माग राखेको छ।

Advertisement
Advertisement

नेविसंघका अध्यक्ष राजीव ढुगानाले आज एक विज्ञप्ति जारी गरेर विभिन्न चाडपर्व नजिकिएको बेला नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘‘ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयप्रति खेद र भर्त्सना गर्दछौं,’ ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोिभड–१९ का कारणा लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको ढाड सेक्ने गरी कोहकिसैबाट भएका निर्णय हामीलाइृ मान्य हुनेछैन।’

अहिलेको प्रतिकूलतामा बसिरहेका नेपालीलाई राहत महसुस हुनेगरी काम गर्ने समय भएको उल्लेख गर्दै विज्ञिप्तमा भनिएको छ, ‘सरकारले हस्तक्षेप गरी तत्काल आयाल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गदैछौं।’

Advertisement

नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएपछि विद्यार्थी संगठनहरू त्यसको विरुद्धमा उभिएका छन्।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top