फागुन १४ मा स्ववीयू निर्वाचन गर्न माग

१५ कात्तिक, काठमाडौं ।

Advertisement

एमालेको भ्रातृ संगठन अनेरास्ववीयूले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) को चुनाव गर्न माग गरेको छ । आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटासहितको पदाधिकारीलाई भेटेर १५ बुँदे मागपत्र पेस गर्दै तत्काल स्ववीयू निर्वाचनकाे कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेकाे हाे ।

 स्ववीयू निर्वाचन हुन नसकेको १३ वर्षपछि अनेरास्ववीयूले स्ववीयू निर्वाचनको विषय उठान गरेको हो । संगठनका अध्यक्ष बरालले लामो समयसम्म निर्वाचन हुन नसक्दा विद्यार्थीको अधिकार हनन् भएको महसुस भइरहेको अवस्थामा फागुन १४ गते स्ववीयू निर्वाचन गर्न मागपत्र पेस गरेको जानकारी गराइन् ।अनेरास्ववीयूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्सा शिक्षाको बढी शुल्क निर्धारण गरेको भन्दै फिर्ता लिनुपर्ने रहेका छन् ।

Advertisement

त्यस्तै, शैक्षिक सत्रअनुसार क्यालेन्डर निर्माण गरी लागु गर्नुपर्ने, सातै प्रदेशमा त्रिविको प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने, सेमेस्टरको हकमा महिनाभित्र र वार्षिक परीक्षाको हकमा ३ महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्नेलगायत माग पेस गरेको महासचिव समिक बडालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top