कुवेत र बहराइनमा नेपाली कामदारको लागि निस्शुल्क स्वास्थ्य परीक्षण

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, दोहा ।

कुवेतमा तीन सय जना नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो ।

एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले निःशुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिएका छन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न स्वास्थ्य शिविरमा कानुनी तथा गैर कानुनी रूपमा कुवेतमा कार्यरत नेपाली कामदारलाई सिभिल आइडी र राहदानीको आधारमा निःशुल्क स्वास्थ्य सेवा दिइएको अध्यक्ष लामाले बताए ।

उक्त स्वास्थ्य शिविरमा एक्सरे,अल्ट्रासाउन्ड र केहीले डाक्टरको सल्लाह बमोजिम पीसीआर परीक्षणको समेत सुविधा लिएका छन् भने अधिकांश नेपालीहरूमा मधुमेह, कोलोस्टोर, रक्तचाप र पिसाब सम्बन्धी समस्या देखिएको उनले बताए ।

नेपालीहरूलाई आवश्यकता अनुसारका परीक्षण गरी रिपोर्ट दिने साथमा औषधी र फलोअप जाँचमा २० प्रतिशत छुटको ब्यबस्था गरिएको थियो ।

यसैगरी गैर आवासीय नेपाली संघ बहराइनले पनि त्यहाँस्थित अल हिलाल अस्पतालसँगको सहकार्यमा नेपाली कामदारहरूका लागि निःशुल्क स्वास्थ्य शिविरमा सञ्चालन सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरबाट सेवा लिन नसकेकाहरुका लागि बिहीबार अर्थात् नोभेम्बर ४ तारिखसम्म अल हिलाल अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा रहेको जनाइएको छ ।

संघका अनुसार अल हिलाल अस्पतालको कुनै पनि शाखामा गई सो समयसम्म यो सुविधा लिन सकिनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top