माओवादी चल्न थालेको छ, अब उभार आउँछ -प्रचण्ड

१५ कार्तिक, काठमाडौं ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै पार्टीमा उभार आउने बताएका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा प्रचण्डले ‘नयाँ संकल्पसिहित पार्टीलाई पुनर्निर्माण गर्ने, आत्मालोचनासहित जनातका घरमा गएमा केही महिनाभित्र उभार आउने स्थिति रहेको’ बताउँदै उभार आएमा कसैले रोक्न नसक्ने बताए ।’

‘चितवन, सर्लाही गए । माओवादी ठिक भयो । २०६४ जस्तै हुन थालेको छ । माओवादीलाई मत दियो भने राष्ट्रियता संविधान बच्छ भन्ने आउन थालेको छ । माओवादी प्रवेश गर्ने लहर आउँदैछ ।

अझ तराईमा झन आउँदैछ । भर्खर शान्ति प्रक्रियामा आउँदा तराईमा माओवादीमय लहर भएको थियो । अहिले तराईमा माओवादी नै हाम्रो असली मित्र रहेछ भन्ने चेतना फेरि आएको छ,’ प्रचण्डले भने, ‘देशैभरी गति पैदा भएको छ । पार्टी चल्न थालेको छ । थौरै मेहनत गर्ने हो भने उभार आउँछ । विचार नेतृत्व हामीसँग छ ।’

माओवादीले राम्रा काम गरे पनि मार्केटिङ गर्न नसकेको उनले बताए । ‘राम्रा–राम्रा सामान हामीले बनायौ तर प्रचार गर्न सकेनौ । मार्केटिङ गर्न सकेनौ । हामीले जनतामाझ गरेका विकास निर्माणका काम भन्नुपर्छ । हामीले बीचमा अलिकित गल्ती ग¥यो । अब आत्मसमीक्षा गरेर जनतामा जाऔं,’ उनले भने ।

प्रचण्डले पार्टीले एजेण्डा नछाडेको दाबी गरेको छ । ‘हामीले एजेण्डा छोडेको हो कि ? उत्साहमा कमी आएको हो कि भन्ने देखिएको छ । अहिले हामीमा नयाँ संकल्पसहित अगाडि बढ्नुपर्छ भन्ने बोध देखिएको छ,’ उनले भने, ‘नेपालमा सबै उत्पीडित वर्गको निम्ति हिजो संघर्ष र युद्ध गरेको हो ।

पहिचान अधिकार आत्मसम्मानका निम्ति लडेको हो । यसलाई दबाउन विरोधी परिवर्तनका विरोधी तत्वले मारेरै सक्न खोजेका थिए । हजारौ बेपता घाइते सहिद हजारौको संख्यामा बलिदान भयो । जनयुद्ध यो थियो । जनआन्दोलन सामन्ती व्यवस्थाविरुद्ध थियो ।’

‘एकथरी तत्वहरू हिजो जनयुद्ध र जनआन्दोलनमा परिवर्तनकारी शक्तिलाई दमन गर्ने र रोक्ने प्रयन्त गरेका थिए जनताको जोरअगाडि केही लागेन पछि हटे,’ उनले भने, ‘माओवादीको एजेण्डमा सहमति गरे । संघीयता समानुपातिक समावेशी जनताको अधिकारका विषयमा सहमति जनाएका थिए ।

निरंकुश राजतन्त्र र देशीविदेशी षडयन्त्र परास्त गर्न बुर्जुवाहरुसँग सम्झौता ग¥यौँ । नयाँ युगतिर देशलाई लैजान बाटो तय गर्यौ । १२ बुँदे समझदारी ग¥यौं ।’

अहिले १५–१६ वर्षपछि घटनाक्रम गहिरोगरी हेर्यौ भने बुर्जुवा र प्रतिक्रियावादीको एउटा शक्तिले सम्झौता ट्याक्टिकल मात्रै कार्यतैनिक रुपमा मात्रै सम्झौता गरेको देखिएको उनले बताए ।

‘अलिकति हामी सिथिल हुँदा माओवादी विभाजित हुँदा नेता कार्यकर्ता व्यक्तिगतवादी हुँदा विचार राजनीतिमा जसरी लाग्नुपर्ने हो त्यसरी नलाग्दा बुर्जुवा फस्टाए । माओवादी सिथिल भयो भनेर माओवादी सिध्याउनपर्छ गणतन्त्र संघीयता फाल्नुपर्छ धर्न निरपेक्षता ठिक छैन ।

समावेशी समानुपातिक पनि के हो के हो ? उत्पीडित वर्ग पनि माओवादी आउनै छाड्यो । अलिकति एमाले र कांग्रेस जस्तो लाग्न थाल्यो भनेर बुर्जुवाहरु उत्साहीत छन् ,’ उनले भने ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top