प्रचण्डको आरोप- ओलीले ज्ञानेन्द्रलाई ‘मौका आए गणतन्त्र उल्ट्याउने हो’ भनेको सुने

१५ कार्तिक, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् ।

‘केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी’ भन्दै प्रचण्डले, ‘ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने’ बताएको सुनेको जिकिर गरेका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले भने, ‘ज्ञानेन्द्रसँग भेटेर ‘गणतन्त्र, संघीयता मलाई पहिलेदेखि मन परेको थिएन बाध्य भएर गरेको हो मौका आयो भने उल्ट्याउने हो’ भनेर भनेको सुने । स्थिति कहाँसम्म पुग्या रहेछ हेर्नुस् ।’

अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा गर्नुपर्ने प्रचण्डले बताए ।

प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको उनले बताए । ‘केपी ओलीसँग एकता गरेर गल्ती गरियो भन्ने आवाज छ । तर, हाम्रो विचार, नीति सही थियो नि । त्यत्रो जनताले विश्वास गरेर भारी बहुमत थिए । तर, यो प्रतिक्रियावादी प्रतिक्रान्तिकारी जाली फटाहालाई सैह्य भएन । डे वान देखि षडयन्त्र गरे ।’

पार्टीभित्र नै वैचारिक हिसाबले विकृत गराएर फुट गराएर नेताहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेर कम्युनिस्ट पार्टीभित्र फुट गराउने काम विश्वभर नै हुँदै आएको र कम्युनिस्ट पार्टीभित्र नेता पतित भएपछि हुने गरेको भन्दै संसारभरी र देशभरका प्रतिक्रियावादीले ओलीजस्तो अवसरवादी भटेको बताउँदै प्रचण्डले भने, ‘मलजल र सिंगरपटार गरे । ढाडस दिएर उचाले । अरुले गर्न नसकेको काम कम्युनिस्ट पार्टीको प्रधानमन्त्री र अध्यक्षबाट गराए । यसलेमात्रै माओवादीलाई ठिक गर्न सक्ने भन्ठानेर मलजल गरे । हाम्रो ध्यान पार्टी ठूलो बनाउनेमा थियो । हामीले गल्ती गरेको होइन । प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाए । अब संघर्ष बाहेक अर्को विकल्प छैन भनेर संघर्ष र विद्रोह सुरु ग¥यौँ ।’

आफूहरूले हारेको नभई जितेको उनको दाबी छ । ‘पार्टी फुटाइएको हो । २५ प्रतिशतमा ओली थिए । ७५ प्रतिशतमा हामी थियौं । पार्टीबाट ओलीलाई निकाल्यौं । मलाई दलको नेता बनाइयो । केही दिनमा प्रधानमन्त्री हुनेवाला थिए । यो हामीले हारेको हो त ? यो त हामीले जितेको हो,’ प्रचण्डले भने, ‘तर अदालतले पार्टी फुटाइदियो । जुन दिन मलाई दलको नेता चुनियो र प्रधानमन्त्री हुँदै थिए पार्टी अलग अलग हुन आदेश भयो ।’

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको बताउँदै प्रचण्डले भने, ‘ ६ वटै प्रदेशमा ओलीः प्रवृत्ति परास्त भयो । केहो माओवादी भन्ने कुरा हुँदा सत्ताको केन्द्रमा त माओवादी नै आयो । प्रचण्डमः ह्युमेलेटलः घेराबन्दी गर्दा अहिले माओवी हेडक्वाटर बन्यो । प्रदेश १ मा पनि गठबन्धनको सरकार बन्छ ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top