Nepal Times
Nepal Times
3
Shares

विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता

विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता

१५ कार्तिक, काठमाडौं ।

फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डे र विक्की जैनको विवाहको मिति नजिकिएको छ । यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन् ।

तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन् । अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ । अंकिता अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व प्रेमिका हुन् ।

अंकिताका लागि सन् २०२० निकै उतारचढावपूर्ण रह्यो । उनका पूर्व प्रेमी सुशान्तसिंह राजपूतले जून १३ मा रहस्यमय किसिमले आत्महत्या गरेपछि उनी चर्चामा आएकी थिइन् ।

सुशान्तको निधनपछि उनी शोकमा थिइन् । अंकिता र सुशान्त करिब सात वर्षसम्म लिभ–इन–रिलेसनमा थिए । उनीहरु सन् २०१६ मा अलग्गिएका थिए ।

विक्की पेशाले व्यापारी हुन् । उनीसँग अंकिताको बोण्डिङ निकै मिलेको छ । उनीहरु सामाजिक सञ्जालमा आफ्नो रोमान्टिक क्षणलाई शेयर गरिरहन्छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.