शेयर बजारमा एक अर्ब बढीको कारोबार

शेयर बजारमा एक अर्ब बढीको कारोबार

काठमाडौँ,साउन १९
यसैगरी धितोपत्र बजारमा यस साता रु एक अर्ब सात करोड ६७ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १।९४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको रु एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता शेयर खरीद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३।५१ अंकले घटेर अन्तिम दिन एक हजार १९१।३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०।४० अंकले
घटेर २५१।१५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा माछापुच्छे« बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु छ करोड ८७ लाख १० हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ३५ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.