स्रोत नखुलेको नगद र गहनासहित धनगढीबाट ३ जना पक्राउ

१४ कात्तिक ७८, सोमबार

१५ कार्तिक, काठमाडौं ।

Advertisement

स्रोत नखुलेको नगद र गहनासहित कैलालीबाट ३ जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढीबाट ३ जनालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ कोटदेवल घर भएका २२ वर्षीय मुकेश खड्का, २४ वर्षीय नारायण खड्का र १८ वर्षीय किरण खड्का छन्।

धनगढी उपमहानगरपालिका–५ स्थित हटल अमन प्लाजामा बसिरहेका उनीहरुको कोठा तलासी गर्दा प्रहरीले ८ लाख ६९ हजार रुपैयाँ नगद, ३ हजार २०० भारतीय रुपैयाँ, सुनका गहना ३४.३६० ग्राम र चाँदीका गहना ७३७.८७ ग्राम बरामद गरेको हो।

Advertisement

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि नगद तथा गहनासहित राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top