विभिन्न शक्ति गठबन्धन फुटाउन खोज्दैछन्, आँखा र कान खुल्लै राख्नुपर्ने अवस्था छ : प्रचण्ड

१५ कार्तिक, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले पनि विभिन्न शक्तिहरु गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागि नै रहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम एवम् संगठनको मुखपत्र ’पराग’ पुस्तकको पाँचौ विशेषाङ्क विमोचन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

Advertisement

अहिले पनि षड्यन्त्र सकियो, पुरै विजयी भइसक्यौं भन्ने छैन। तोड्नका लागि अनेक षडयन्त्र र हत्कन्डा भइरहेको छ। कसरत भइरहेको छ। कमजोर को छ, बैचारिक रुपले त्यसको खोजी भइरहेको छ। निरंकुश प्रवृत्तिको कोही भेटिन्छ की भनेर प्रयास भइरहेको छ,’ उनले भने, ‘विभिन्न शक्तिहरु गठबन्धन कमजोर पार्ने उपायका खोजीमा लागेका छन्। त्यसैले आँखा र कान खुल्लै राख्नुपर्ने अवस्था अहिले पनि छ।’

उनले बढो अप्राकृतिक हिसाबले पार्टी विभाजन गरिएको पनि बताए। ‘केपी ओलीलाई निष्कासन गरेका थियौं आधिकारिक रुपमा नै। हामीले गरेको कारबाही गलत थियो भनेर भन्ने कुनै आधार नै थिएन,’

Advertisement

उनले भने, ‘निर्वाचन आयोगले आँखा चिम्लेर सदर गर्दिन पर्थ्यो, गरेन। रोकि राख्यो। गरिदिएको भए अहिले कथित एमालेको केपी गुटमा रहेको कुनै हैसियत रहने थिएन। ठूलो सेटिङबाट विभाजन गरियो।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top