Nepal Times
Nepal Times
3
Shares

बैंकहरुकै कारण तरलता अभाव : गभर्नर

बैंकहरुकै कारण तरलता अभाव : गभर्नर

१५ कार्तिक, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर लगानीका लागि बैंकबाट शेयर कर्जा लिन सीमा तोक्ने नीतिलाई तत्काल परिवर्तन नगर्ने संकेत गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर अधिकारीले शेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गरेका हुन् ।

शेयर बजार अत्यन्तै संवेदनशील क्षेत्र भएको भन्दै उनले यसलाई खुला छाड्यो भने आकार बढ्दै जाने तर्क गरे । शेयर बजारप्रति कुनै धारणा बनाउन उक्त नीति नल्याएको भन्दै उनले साना लगानीकर्तालाई पनि अवसर दिन ल्याएको नीति भएको धारणा राखे ।

त्यस्तै अधिकारीले तरलता कम भएकै कारणले ऋण लिनै नपाउने अवस्था आउन नदिने बताए । बैंकहरुमा भएको तरलता अभाव बैंकहरुकै कारण भएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले तरलताका लागि करिब ७ खर्ब रुपैयाँको सुरक्षण बेच्ने क्षमता रहेकाले तरलता अभाव हुन नदिने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.