×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

अभियान शुरु गरेका तीन वर्ष बिते पनि छब्बीस तुइन विस्थापन हुन बाँकी

१९ श्रावण २०७५

काठमाडौँ, साउन १९
सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराई सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । त्यसयता दुई वटा सरकार परिवर्तन भइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली पुनः प्रधानमन्त्री भएपछि तुइन विस्थापन अभियानले गति लिएको छ ।

Advertisement
Advertisement

तर कठिन भौगोलिक बनावट र न्यून बजेटका कारण तुइन विस्थापन भएका स्थानमा लामालामा झोलुङ्गे पुल निर्माणमा केहि ढिलाइ भएको हुन सक्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालका अनुसार देशका विभिन्न नदी र खोल्सामाथि वारपार गर्न अन्य सुरक्षित उपाय नभएको अवस्थामा बनाइएका १३१ तुइनमध्ये हालसम्म १०५ वटा विस्थापन भई झोलुङ्गे पुल निर्माणको प्रक्रिया शुरु भएकोे छ ।

सरकारले कुनै पनि स्थानमा नयाँ तुइन बनाउन रोक लगाएको छ भने बाँकी रहेका तुइनहरुको विस्थापनमा तदारुकता देखाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन र तुइन हटाउने कार्यमा आवश्यक सहयोगका लागि सबै स्थानीय तहमा यही साउन १६ गतेको मन्त्रालयका सचिव स्तरको निर्णयानुसार आग्रह गरेको छ ।

सार्वजनिक तुइन प्रतिस्थापन कार्यविधि, २०७३ मा नयाँ तुइन बनाउने कार्य कानूनविपरीत मानिएको छ । जोखिमयुक्त तुइनबाट यात्रा गर्दा अनाहकमा मानिसको ज्यान जाने घटना नरोकिएपछि सरकारले त्यसमा कडाइ गरेको हो ।सरकारले चालू आर्थिक वर्षमा तुइन विस्थापन भई झोलुङ्गे पुल निर्माण गर्न सम्भाव्य सबै स्थानमा आगामी तीन वर्षभित्र पुल निर्माण गर्न रु तीन अर्ब ११ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले १२० मिटरभन्दा सानो झोलुङ्गे पुल निर्माणका लागि स्थानीय तहलाई जिम्मा दिएको छ । त्यसभन्दा लामा पुल सरकारले आफैँले बनाउने छ । दार्चुलाका चार र बैतडीका एक स्थानमा झोलुुङ्गे पुल निर्माणका लागि भारतीय सहयोग प्राप्त हुने अपेक्षा नेपाल सरकारले गरेको छ ।

तुइन विस्थापन र झोलुङ्गे पुल निर्माण कार्यक्रमका लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले प्रधानमन्त्री ओलीलाई “जनतासँग प्रधानमन्त्री” टेलिभिजन कार्यक्रममा यही साउन ३ गते रु एक करोड सहयोग हस्तान्तरण गरेका थिए। विद्यालय जाने बालबालिका र घाँस दाउरा गर्ने किसान र महिलासमेत तुइनबाट कष्टकररुपमा यात्रा गरेका श्रब्यदृष्यले उक्त कार्यक्रममा प्रधानमन्त्री ओली निकै भावुक बनका थिए ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरेका थिए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top