मोदीको घोषणाः सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्छौँ

१५ कात्तिक ७८, मंगलबार

१६ कार्तिक, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन अर्थात् नेट जिरो लक्ष्य हासिल गर्ने प्रतिवद्धता जनाएका छन् ।

ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा मोदीले भने, ‘यस चुनौतीलाई परास्त गर्न पाँच अमृत तत्व राख्न चाहन्छु, पञ्चामृतको सौगात दिन चाहन्छु ।’

उनले घोषणा गरे अनुसार भारतले २०३० सम्म गैरजीवाश्म ऊर्जाको क्षमता ५०० गिगावाटसम्म पु¥याउनेछ, भने २०३० सम्ममै ५० प्रतिशत ऊर्जाको आवश्यकता नवीकरणीय ऊर्जाबाट पूर्ति गरिनेछ ।

यसैगरी, २०३० सम्म कुल कार्बन उत्सर्जनमा एक बिलियन टन कटौती गरिने, अर्थव्यवस्थालाई कार्बन इन्टेन्सिटीमा ५० प्रतिशत कमी गर्ने र २०७० सम्म नेट जिरो लक्ष्य हासिल गरिने मोदीले घोषणा गरे ।

यद्यपि, जलवायु शिखर सम्मेलनमा देशहरूको अपेक्षा छ, कि नेट जिरो लक्ष्य २०५० भित्र पूरा होस् । नेपालले त सन् २०४५ भित्र नै नेट जिरोको लक्ष्य लिएको छ ।

मोदीको यस संकल्पलाई पनि वैज्ञानिकहरूले सकारात्मक एवं ठूलो उपलब्धी भनेका छन् । किनकि कार्बन उत्सर्जनको चौथो ठूलो भारतले यसअघि नेट जिरो लक्ष्यमा कुनै घोषणा गरेको थिए । विश्वमा कार्बन उत्सर्जक देशमा चीन पहिलो, अमेरिका दोस्रोमा छ भने युरोपीय संघ तेस्रो स्थानमा ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top