×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक वर्षदेखि कानुन निर्माण ठप्प

१६ कार्तिक २०७८

१६ कार्तिक, काठमाडौं ।

संविधान बनेपछि धमाधम कानुन बनाइँदै थियो। कानन निर्माण तीव्र गतिमा नबने पनि निरन्तरता भने थियो। यसबाट अहिलेसम्म संसद्ले १५७ कानुन निर्माण गरेको छ भने केही नेपाल ऐन संशोधनबाट पनि सयौं कानुन संशोधन गरिएका छन्। तर विगत एक वर्षदेखि कानुन निर्माण ठप्प भएको हो।

Advertisement
Advertisement

संविधान जारीपछि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने संघीयता कार्यान्वयन गर्नका लागि धेरै नयाँ कानुन निर्माण भएका छन्। जसले मुलुकलाई नयाँ परिवर्तन गरेको छ।

तर जनताका समस्या समाधान गर्न र जनतालाई सहज पहुँच पु¥याउने कानुन निर्माणमा भएको ढिलाइले अहिले पनि जनताले सास्ती भोग्नु परिरहेको छ। संविधान जारी भएयता २०७२ सालमा १४ वटा, २०७३ सालमा २९ वटा, २०७४ सालमा ४७ वटा, २०७५ मा ३६ वटा, २०७६ मा २० वटा, २०७७ मा ११ वटा कानुन निर्माण भएका थिए।

यसबाट संसद्बाट बनाइएको कानुनको संख्या एक सय ५७ रहेको तथ्यांक छ। नयाँ कानुन मात्र हैन संशोधन पनि उत्तिकै मात्रामा भएको छ। केही नेपाल ऐन सशोधन गर्ने ऐन २०७२ मा एक सय ९३ वटा कानुन संशोधन भएको थियो।

केही नेपाल ऐन संशोधन गर्ने एन २०७५ बाट ५६ वटा ऐन संशोधन भएको थियो। नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ मा एक सय चारवटा ऐन संशोधन भएका थिए। केही नेपाल कानुनलाई संशोधन एकीकरण समायोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ मा ३६ ऐन संशोधन भएका थिए।

Advertisement

यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top