एक महिनामै २३ हजार विदेशी भित्रिए

१५ कात्तिक ७८, मंगलबार

काठमाडौँ: पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका विदेशी यात्रुको यो सङ्ख्या कोभिड–१९ सङ्क्रमणयताकै सबैभन्दा धेरै हो । यसअघिको सेप्टेम्बरको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो । सेप्टेम्बरमा नौ हजार ९८९ विदेशी नेपाल भित्रिएका थिए ।

तथ्याङ्कअनुसार अक्टोबरमा भारतबाट मात्रै आठ हजार ७३६ नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ७११ जना नेपाल आएको तथ्याङ्क छ । तेस्रोमा बेलायतबाट एक हजार ३८१ जना नेपाल आएका छन् । क्षेत्रीय हिसाबले सार्कबाट नौ हजार ४२० जना नेपाल आएकामा एसियाबाट ७३१ जना विदेशी भित्रिएका छन् । युरोपबाट पाँच हजार १९ भित्रिँदा, अमेरिकी मुलुकबाट पाँच हजार २७४ र ओसियना क्षेत्रबाट १५० जना विदेशी नेपाल आएको देखिन्छ ।’

कोरोना सङ्क्रमणका कारण सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्रका लागि यो सङ्ख्याले सकारात्मक सङ्केत गरेको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top