×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अ‍ोलीलाई रेनुको जवाफ : धेरै नै फुर्ती लाउनेले अब सरकारबनाएर देखाए भो त

१६ कार्तिक २०७८

१६ कात्तिक, काठमाडौं ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई ठूला कुरा नगर्न सुझाएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा ओली सम्बन्धी एक समाचार शेयर गर्दै उनले माओवादीकै सहयोगमा दुई/दुई पटक प्रधानमन्त्री बनेकोले धेरै फुर्ति नलगाएको राम्रो हुने बताएकी छिन् ।

Advertisement
Advertisement

उनले विगतमा ओलीको लागि उनकै क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोट माग्न हिँडेको स्मरण गर्दै उनले लेखेकी छिन्, ‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष क. प्रचण्ड झापा जाँदा घरमा आमा मात्र त्यहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद् घटना घट्यो । घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनावी मैदानमा बिरामी आमा मात्र । घरमा अकालमा उपचार पनि नपाई, के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो।’

दाहालले माओवादीको सहयोगमा मात्र अ‍ोली प्रधानमन्त्री बनेको बताउँदै आफूहरुले साथ छोड्दा सरकार गल्र्यामगुर्लुम ढलेको जिकिर गरेकी छिन् । उनले भनेकी छन् ।

‘माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त। इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठूला कुरा नगरेकै बेस होला।’

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top