प्रदेश २ को प्रादेशिक प्रयोगशाला विस्तार

१६ कात्तिक, काठमाडाैँ ।

प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई बिस्तार गरिएको छ । विगतमा कोभिडको मात्रै जाँच हुँदै आएको प्रयोशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशालालाई बिस्तार गरिएको हो ।

निजी प्रयोगशालमा जाने उपभोक्ताहरुलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी प्रयोगशालामा महंगो रकम तिर्नुपर्ने बाध्यता हटेको हो ।

कार्यक्रममा बोल्दै समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताए । उनले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताए । उनले प्रयोगशालामा उपकरण थपिएसँगै जनताको स्वास्थ्य जाँचमा सहजता आउने बताए । मन्त्री साहले भने, ‘जसको लागि भइरहेको छ, त्यसको उपस्थिती छैन,यो आम जनताको लागि भइरहेको छ, प्रदेशमा स्वास्थ्य स्थिती बदल्ने सरकारको प्रयास हो, कोरोनाको कारणले २ साल यता धेरै कुरा हुन सकेन ।’

कार्यक्रममा बोल्दै प्रयोगशालाका निर्देशक श्रवण मिश्रले प्रयोगशालामा धेरै प्रकारको जाँच हुने र यसबाट जनतालाई धेरै सहयोग पुग्ने बताए ।उनले जनता प्रयोगशाला जाँचकै लागि भएपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । उनीहरुको लागि पैसा र समय दुबै वचत हुने बताए । निर्देशक मिश्रले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जे जँच गर्छ, यहाँ सबै किसिमको जाँच हुन्छ, प्रदेशमा पब्लिक हेल्थ राखेका छौँ, यसबाट जनतालाई धेरै सहयोग पुग्छ, पैसा र समय दुबै वचत हुन्छ, प्रदेश सरकारले पालिका स्तरसम्म नै यसको दायरा बढाउनुपर्छ ।’

उनले आफू प्रदेश सरकार र स्थानिय पालिका स्तर सम्ममा यसको दायरा बिस्तारमा लागेको बताउँदै दायरा बिस्तार भएसँगै सेवा प्रवाह हुने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top