प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्छ: रामचन्द्र पौडेल

१६ कात्तिक, काठमाडाैँ ।

Advertisement

सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिएका छन् । काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने धारणा राखे । वरिष्ठ नेता पौडेलले ढिलाई गर्दै गए उनको बर्हिगमन अपमानजनक हुने तर्क गरे । उनले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप समेत लगाए ।

Advertisement

वरिष्ठ नेता पौडेलले भने, ‘अरु संस्था त ध्वस्त भए, भए । देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भईरहेको छ । सर्वोच्च अदालतको यो हाल भईरहेको छ । अव अहिले प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नु भयो–ल ल म छोडन त छोडछु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस । मैले त हिजो भन्दिए–जति छिटो छोडनु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोडनु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउछन । सेटिङ गर्नु भएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरु सेटिङ गर्ने अदालतसित । प्रधानन्यायाधीशसँग सेटिङ गर्ने । तलाई यो मन्त्री दिन्छु, यो राजदुत दिन्छु । आयुक्त दिन्छु, मेरो कुरा मान । मैले संवैधानिक परिषदलाई ध्वस्त पारेको पनि मान । संविधानको आत्मामाथि प्रहार गरेको साँची बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होईन ? आज सर्वोच्च अदालतको के हालत भईरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?’

वरिष्ठ नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरे । फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए । त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उनको तर्क थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top